बिहीबार, आश्विन २९,२०८३ 01:56:55
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 01:56:55
Bizshala
Global IME Bank Limited

अडियो प्रकरणमा खगेन्द्र सुनारले बुझाए लिखित जवाफ, रास्वपाले अघि बढायो दोस्रो चरणको छानबिन

Bizshala
अडियो प्रकरणमा खगेन्द्र सुनारले बुझाए लिखित जवाफ, रास्वपाले अघि बढायो दोस्रो चरणको छानबिन
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्।

एक महिलासँगको कुराकानी भनिएको अडियो सार्वजनिक भएपछि सांसद सुनार विवादमा तानिएका थिए। उक्त अडियोमा आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरिएको दाबी गरिएको छ।

प्रकरण सार्वजनिक भएपछि रास्वपाको केन्द्रीय अनुशासन आयोगले सुनारसँग लिखित स्पष्टीकरण मागेको थियो। आयोगका अनुसार सुनारले तोकिएको समयभित्रै जवाफ बुझाउँदै आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्।

आयोगका एक सदस्यका अनुसार सुनारले आरोप स्वीकार नगरेको र पीडित पक्षबाट पनि औपचारिक उजुरी नआएकाले अब स्वतन्त्र रूपमा प्रमाण संकलन गरेर छानबिन अघि बढाइनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

दोस्रो चरणको अनुसन्धान सुरु

रास्वपा अनुशासन आयोगले पहिलो चरणमा सांसद सुनारको लिखित जवाफ लिने काम सम्पन्न भएको र अब दोस्रो चरणको छानबिन सुरु गरिएको जनाएको छ।

आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार विषय संवेदनशील भएकाले लिखित स्पष्टीकरणमा मात्रै सीमित नरही अडियोको वास्तविक स्रोत, सम्बन्धित कागजात र अन्य प्रमाणको परीक्षण गरिनेछ।

आयोगले अडियो सार्वजनिक गर्ने सञ्चारमाध्यमसँग पनि पत्राचार गरी अडियो, भिडियो वा अन्य उपलब्ध सामग्री माग्ने निर्णय गरेको छ।

आवश्यक परे प्राविधिक विशेषज्ञको राय लिने र अडियोको सत्यता परीक्षण गर्ने तयारीसमेत गरिएको भट्टराईले बताएका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

विशेष छानबिन समिति गठन

घटनाको वस्तुनिष्ठ र विस्तृत अनुसन्धानका लागि रास्वपाले छुट्टै विशेष छानबिन समिति गठन गरेको छ।

उपप्रमुख भट्टराईको संयोजकत्वमा गठित समितिमा अनुशासन आयोगकै सदस्यहरू रहेका छन्। समितिलाई प्रमाण संकलन, आवश्यक व्यक्तिसँग सोधपुछ र प्राविधिक परीक्षणपछि रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको छ।

बिहीबार बसेको आयोगको बैठकले समिति गठन गरेको हो। समितिले सोही दिनदेखि काम सुरु गरेको आयोगले जनाएको छ।

अब छानबिन समितिको प्रतिवेदनका आधारमा आयोगले सांसद सुनारमाथि थप कारबाही आवश्यक छ वा छैन भन्ने निर्णय गर्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.