बिहीबार, श्रावण १४,२०८३ 01:15:31
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:15:31
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफद्वारा रु.१९.१२ लाख मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफद्वारा रु.१९.१२ लाख मृत्यु दाबी भुक्तानी
New Office

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बगर शाखा कार्यालयले मृतक बीमित झवराज अधिकारीको परिवारलाई १९ लाख १२ हजार ५ सय रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  

उक्त रकमबराबरको चेक कम्पनीका उप–प्रदेश प्रमुख गणेश धमलाले मृतक बीमितकी श्रीमती राधा पौडेललाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । मृतक अधिकारीले केहि वर्ष अघि १५ लाख रुपैयाँबराबरको वार्षिक नगद फिर्ता योजना बीमा पोलिसी खरिद गरेको र २ महिना अघि उनको असामयिक निधन भएकाले कम्पनीले छिटो–छरितो दाबी भुक्तानी उपलब्ध गराएको बगर शाखा कार्यालयका शाखा प्रबन्धक श्याम प्रसाद तिमिल्सेनाले अधिकारीले बताए ।  

दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी म्यानेजर लक्ष्मण भट्टराई ,एजेन्सी म्यानेजर बिनिता सुबेदी भण्डारी,नारायणी भण्डारी, यामनारायण पौडेललगायत अभिकर्ताहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.