आईतवार, कार्तिक ८,२०८३ 12:00:20
  • आईतवार, कार्तिक ८,२०८३ 12:00:20
Global IME Bank Limited

बाढीको अवरोधबीच असोजमै झण्डै ६ अर्बको बिजुली निर्यात

तीन महिनामा १६ अर्बभन्दा बढीको कारोबार बंगलादेशतर्फ रोकिएको ४० मेगावाट निर्यात पनि पुनः सुरु

Bizshala
बाढीको अवरोधबीच असोजमै झण्डै ६ अर्बको बिजुली निर्यात
New Office

 

काठमाण्डौ । बाढीले केही जलविद्युत आयोजनाको उत्पादन रोकिँदा पनि नेपालको विद्युत निर्यात कारोबार बढेको छ। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको विद्युत निर्यात गरेको छ। यो रकम गत वर्षको सोही महिनाको तुलनामा करिब १९.३८ प्रतिशत बढी हो।

प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागअन्तर्गतको भार प्रेषण केन्द्रका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत बिक्री भएको छ। यही अवधिमा बाढीका कारण केही आयोजनाको उत्पादन बन्द हुँदा निर्यातसमेत प्रभावित भएको थियो।

गत वर्ष असोजमा भारततर्फ ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको विद्युत निर्यात भएको थियो। यस वर्ष यस्तो कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको हो।

चालु आवकै भदौको तुलनामा पनि असोजको निर्यात कारोबार ८३ करोड २५ लाख रुपैयाँ अर्थात् करिब १६.३५ प्रतिशतले बढेको छ। भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको विद्युत निर्यात भएको थियो। साउनदेखि असोजसम्मको तीन महिनामा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको कारोबार भएको प्राधिकरणले जनाएको छ।

दुई तिहाइ विद्युत द्विपक्षीय सम्झौताबाट बिक्री

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार असोजमा भारततर्फ निर्यात भएको कुल विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअन्तर्गत बिक्री गरिएको हो। बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो।

द्विपक्षीय मध्यकालीन सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ। प्राधिकरणले आन्तरिक माग पूरा गरेपछि बचत हुने वर्षायामको विद्युत भारत तथा बंगलादेशमा निर्यात गर्दै आएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

श्रेष्ठले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनाको उत्पादन बाढीका कारण रोकिए पनि अन्य आयोजनाको विद्युत बिक्रीमार्फत कारोबार बढाउन सकिएको बताए।

बंगलादेशतर्फको निर्यात पुनः सञ्चालनमा

बाढीका कारण रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत निर्यात पनि कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ। नेपालले भारतको प्रसारण संरचना प्रयोग गरेर बंगलादेशमा विद्युत पठाउँदै आएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि त्रिशूली नदीमा बढेको बाढीले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएको थियो। बंगलादेश निर्यातका लागि स्वीकृत आयोजनामै क्षति पुगेपछि आपूर्ति रोकिएको थियो। सोही कारण भारतको हरियाणातर्फको निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले वैकल्पिक आयोजनाबाट उत्पादित विद्युत निर्यात गर्न अनुमति दिएपछि बंगलादेशतर्फको आपूर्ति पुनः सुरु गरिएको श्रेष्ठले जानकारी दिए।

नयाँ स्वीकृतिअनुसार त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न सकिने भएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

श्रेष्ठले बाढीबाट उत्पादन तथा प्रसारण संरचनामा असर परेका बेला वैकल्पिक आयोजनामार्फत निर्यातलाई निरन्तरता दिन सकिनु महत्वपूर्ण भएको बताए। यसले वर्षायामको अतिरिक्त विद्युतको बजार व्यवस्थापन र क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ।

बंगलादेशमा विद्युत निर्यातका लागि २०८१ असोज १७ गते भएको पाँचवर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत निर्यात गर्ने व्यवस्था छ।

भारततर्फ निर्यात स्वीकृति १ हजार १७९ मेगावाट पुग्यो

यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणले थप ३१ मेगावाट विद्युत निर्यातको अनुमति दिएको छ। योसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.