बुधबार, कार्तिक ११,२०८३ 10:21:53
  • बुधबार, कार्तिक ११,२०८३ 10:21:53
Global IME Bank Limited

आजदेखि हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन पाउने

Bizshala
आजदेखि हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन पाउने
New Office

काठमाण्डौ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ।

यसमध्ये कम्पनीले १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको हो।

स्थानीयका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजनाको अति प्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ।

बाँकी ६ लाख ७६ हजार कित्ता सेयर बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको सेयरको १० प्रतिशत अर्थात ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको छ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। लगानीकर्ताले अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा कात्तिक २५ गते बन्द हुनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरे निष्काशन अवधि मंसिर १० गतेसम्म लम्बिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आईपीओ निष्काशन छिटोमा कात्तिक १६ गते बन्द हुनेछ। पर्याप्त आवेदन नपरे कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ।

Garima Development Bank
Bizshala
IME remit

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा तथा लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यसका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.