काठमाण्डौ । स्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ६ लाख ५७ हजार ५०० कित्ता सेयरको लकइन अवधि मंसिर ११ गते समाप्त हुने भएको छ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको उक्त सेयर ६ महिनाका लागि लकइनमा राखिएको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लकइन अवधि समाप्त हुन लागेको जानकारी सार्वजनिक गरेको हो।
लकइन अवधि समाप्त भएपछि हाल रोक्का रहेको उक्त सेयर नियमानुसार कारोबारयोग्य हुनेछ। स्नो रिभर्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।