आईतवार, कार्तिक १५,२०८३ 02:32:05
  • आईतवार, कार्तिक १५,२०८३ 02:32:05
Global IME Bank Limited

ग्रीन डेभलपमेन्ट बैंक नाफामा उक्लियो, ईपीएस ३.२० रुपैयाँ

Bizshala
ग्रीन डेभलपमेन्ट बैंक नाफामा उक्लियो, ईपीएस ३.२० रुपैयाँ
New Office

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक घाटाबाट नाफामा फर्किएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार ४९ लाख २८ हजार ६५६ रुपैयाँ खुद नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंक ३ करोड १ लाख ५६ हजार ६४६ रुपैयाँ घाटामा थियो।

खुद ब्याज आम्दानीमा वृद्धि र कर्जा नोक्सानीसम्बन्धी खर्चमा आएको कमी बैंकलाई नाफामा फर्काउने मुख्य आधार बनेका छन्। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.५४ प्रतिशत बढेर ६ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ४ करोड ६१ लाख १ हजार रुपैयाँ थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकको कुल ब्याज आम्दानी भने ५.४० प्रतिशत घटेको छ। तर ब्याज खर्च २७.६६ प्रतिशत घट्दा खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार आएको हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा ८ करोड ६ लाख ४८ हजार रुपैयाँ रहेको ब्याज खर्च यसपटक ५ करोड ८३ लाख ३८ हजार रुपैयाँमा झरेको छ। कोषको लागत पनि ४.७९ प्रतिशतबाट घटेर ३.५७ प्रतिशतमा आएको छ।

नाफामा सुधार ल्याउने अर्को महत्वपूर्ण पक्ष इम्पेयरमेन्ट खर्चमा आएको कमी हो। कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको यस्तो खर्च अघिल्लो वर्षको ५ करोड ५३ लाख ३० हजार रुपैयाँबाट ५८.१७ प्रतिशत घटेर २ करोड ३१ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ। 

Garima Development Bank
Bizshala
IME remit

कर्जाको गुणस्तरसम्बन्धी सूचकमा पनि केही सुधार देखिएको छ। अघिल्लो वर्षको यही अवधिमा ४.९३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ४.५५ प्रतिशतमा आएको छ। 

बैंकको चुक्तापुँजी ६१ करोड ५५ लाख रुपैयाँ छ। पुँजी पर्याप्तता अनुपात अघिल्लो वर्षको पहिलो त्रैमासको १३.८५ प्रतिशतबाट बढेर १५.४८ प्रतिशत पुगेको छ। प्राथमिक पुँजी अनुपात पनि १२.६० प्रतिशतबाट सुधार हुँदै १४.२० प्रतिशत कायम भएको छ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३.२० रुपैयाँ छ। प्रतिसेयर नेटवर्थ गत असार मसान्तको १२२.८३ रुपैयाँबाट बढेर १२४.५३ रुपैयाँ पुगेको छ। त्रैमासिक औसत आधारदर भने अघिल्लो वर्षको सोही अवधिको ७.५० प्रतिशतबाट घटेर ५.९९ प्रतिशतमा आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.