काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले गण्डकी प्रदेश अन्तर्गतका २७ शाखाकार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले माघ ११ गते बिहीबार अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथ–साथै चालू तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको संस्थाले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै संस्थाका सञ्चालक समितीका अध्यक्ष सुवर्ण ढकालले कर्मचारीहरुले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण निभाई अघि बढ्न उत्प्रेरित गरे ।
संस्थाका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता आयोजना भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनितजंग पाण्डे, गण्डकी प्रदेशका प्रदेश प्रमुख, उप–प्रदेश प्रमुख तथा सर्पोट अफिसर लगायत २७ शाखाका शाखा प्रबन्धकहरु कोे उपस्थिती रहेको थियो ।