काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका दुई आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री प्रक्रिया अघि बढाएका छन् ।
कम्पनीका आधारभूत सेयरधनी रोशन केसी र प्रज्ञा थापाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी गराएको हो ।
धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिन अगावै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार कम्पनीले नेप्सेलाई सेयर बिक्रीसम्बन्धी जानकारी गराएको जनाएको छ ।
कम्पनीका अनुसार रोशन केसीले ५ लाख ५० हजार २५३ कित्ता र प्रज्ञा थापाले १ लाख ५२ हजार ६०३ कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएका छन् ।
यसअनुसार दुवै आधारभूत सेयरधनीले कुल ७ लाख २ हजार ८५६ कित्ता सेयर बिक्री गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।