काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८६ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २६ पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।