मंगलवार, कार्तिक १७,२०८३ 09:55:09
  • मंगलवार, कार्तिक १७,२०८३ 09:55:10
Global IME Bank Limited

प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको छ : गभर्नर पौडेल

Bizshala
प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको छ : गभर्नर पौडेल
New Office

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन्। राष्ट्र बैंकले आयोजना गरेको ‘राष्ट्र बैंक वित्तीय प्रविधि नवप्रवर्तन प्रदर्शनी कार्यक्रम २०२६’को काठमाडौंमा उद्घाटन गर्दै उनले नवप्रवर्तनमा आधारित नियामकीय तथा सुपरिवेक्षकीय प्रणालीको विकासका लागि राष्ट्र बैंक प्रयासरत रहेको जानकारी दिएका हुन्।

वित्तीय प्रविधिको विस्तारसँगै त्यसबाट सिर्जना हुने चुनौती व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको गभर्नर पौडेलको भनाइ थियो। उनले एकातर्फ वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्ने र अर्कोतर्फ वित्तीय प्रविधि तथा नवप्रवर्तनको विकाससँग जोडिएका नयाँ जोखिम र चुनौतीको पनि व्यवस्थापन गर्नुपर्ने बताए।

वित्तीय प्रविधिमा नवप्रवर्तनको प्रवर्द्धन र विकासका लागि नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी तथा वित्तीय क्षेत्रमा क्रियाशील संस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा गभर्नर पौडेलले जोड दिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले वित्तीय प्रविधिको प्रवर्द्धनका लागि राष्ट्र बैंकबाट भएका नीतिगत तथा संरचनागत प्रयासबारे जानकारी गराए। भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अङ्कीय प्रविधिमा आधारित वित्तीय सेवाका सम्बन्धमा राष्ट्र बैंकले अवलम्बन गरेका व्यवस्थाबारे जानकारी दिए।

यस्तै डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, वित्तीय प्रविधि कम्पनीलगायत सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो।

प्रदर्शनीअन्तर्गत वित्तीय संस्था तथा वित्तीय प्रविधि कम्पनीका २७ वटा कक्ष राखिएका थिए। ती कक्षमा अङ्कीय बैंकिङ, अङ्कीय भुक्तानी, अङ्कीय कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, मेघ गणना प्रविधि, वित्तीय ठगी तथा जोखिम व्यवस्थापन र प्रविधिमा आधारित नियमन सेवामा विभिन्न संस्था तथा कम्पनीले गरेका नवप्रवर्तन प्रदर्शन गरिएको थियो।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, वित्तीय प्रविधि कम्पनीलगायत विभिन्न संस्थाका एक हजारभन्दा बढी व्यक्तिले प्रदर्शनी अवलोकन गरेका थिए।

Garima Development Bank
Bizshala
IME remit

कार्यक्रमकै क्रममा ‘सेवाबाट वञ्चित वर्गका लागि अङ्कीय कर्जा तथा साख’ विषयमा छलफलसमेत गरिएको थियो। वित्तीय प्रविधि गठबन्धन नेपालका तर्फबाट मनोज घिमिरेले छलफलको सहजीकरण गरेका थिए।

छलफलमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गठबन्धनका अध्यक्ष अमित अग्रवाल सहभागी थिए।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘अङ्कीय वित्तीय सेवाका लागि वित्तीय प्रविधि रणनीति २०२६/२७–२०३०/३१’ अन्तर्गत वित्तीय प्रविधि पारिस्थितिक प्रणालीका नवप्रवर्तक तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उद्देश्य राखेको छ।

सोही रणनीतिअन्तर्गत बैंकले ‘अङ्कीय वित्त नवप्रवर्तन केन्द्र’ र ‘नियामकीय परीक्षण क्षेत्र’लाई प्रभावकारी बनाउन ‘राष्ट्र बैंक वित्तीय प्रविधि सञ्जाल’ संयन्त्र तयार गरेको छ।

यसैअन्तर्गत वित्तीय प्रविधि नवप्रवर्तन प्रदर्शनी आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ। आगामी दिनमा वित्तीय प्रविधिसम्बन्धी कार्यशाला, प्रविधि समस्या समाधान प्रतियोगिता तथा नवप्रवर्तन चुनौतीजस्ता कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.