शनिबार, फाल्गुन १०,२०८१ 11:02:58
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 11:02:58
IME remit
Global IME Bank Limited

आईफोनका प्रयोगकर्ता हैरान,आईओएस अपडेट गर्दा १४ वर्ष अघि डिलिट भएको फोटो रिकभर

Hyundai Nepal
आईफोनका प्रयोगकर्ता हैरान,आईओएस अपडेट गर्दा १४ वर्ष अघि डिलिट भएको फोटो रिकभर
Nabil Bank Limited

काठमाण्डौ । लेटेस्ट सफ्टवेयर अपडेट गरेपछि स्मार्ट मोबाइल प्रयोगकर्ताहरुले कयौँ समस्याहरुको सामना गर्नुपर्ने हुनसक्छ । अहिले यस्तै समस्या आईफोनको आईओएस १७.५ अपडेटमा पनि देखिएको छ । आईफोन प्रयोगकर्ताले लेटेस्ट अपडेटपश्चात उनीहरुको डिलिट भएको पुरानो फोटोहरु पुनःफिर्ता आएको बताएका छन् । प्रयोगकर्ताहरुले वर्षो पहिले डिलिट भएका फोटोहरु आफै रिकभर भईरहेको जनाइएको छ ।  

यसभन्दा पनि नराम्रो त के भने कसैले यस्ता फोटो पुनःडिलिट गर्दा पनि फेरि रिकभर भईरहेको छ । नयाँ फिचर्स तथा इम्प्रुभ्मेन्टका साथ आउने सफ्टवेयर अपडेट्स कयौँपटक समस्या बनिदिन सक्छन् ।  

एक जना प्रयोगकर्ताले आईफोनको यो समस्याका बारेमा रेड्डिटमा पोस्ट गरेपछि यो समस्या चर्चामा आएको हो । ती प्रयोगकर्ताले सन् २०२१ मा डिलिट गरेको फोटो आईओएस १७.५ अपडेट गरेपछि रिकभर भएको बताएका छन् । यस्तो फोटो एउटा ट्याग–‘रिसेन्टली अपलोडेड टु् आईक्लायड’ का साथ फिर्ता आईरहेका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस्तै समस्या अन्य आईफोन प्रयोगकर्ताहरुले समेत सामना गरेका छन् । एक जना प्रयोगकर्ताले त सन् २०१० मा डिलिट गरेको फोटो समेत रिकभर भईरहेका बताएका छन् । यी समस्याले प्रयोगकर्ताहरु हैरान भएको गुनासो गरिरहेका छन् । यो समस्याले एप्पलले कति समयससम्म प्रयोगकर्ताहरुको डेटा राख्छ भन्ने मुख्य चासोको विषय बनेको बताएका छन् ।  

एप्पल सपोर्टका अनुसार प्रयोगकर्ताको डिलिट भएको फोटो रिसेन्ट्ली डिलिटेड  एल्बममा ३० दिनसम्म रहने गर्छ । ३० दिनपछि यी फोटोलाई डिभाइसबाट हटाइन्छ । यदि यस्तो फोटोलाई रिसेन्ट्ली डिलिटेड एल्बमबाट म्यानुअल्ली डिलिट गरियो भने त्यो फोटो सदाका लागि डिलिट हुन्छ ।  

आइफोनका प्रयोगकर्ताले आईओएस सिस्टमले यस्ता डिलिट भएका फोटोलाई आईओएसले पुनःखोजिरहेको आरोप लगाएका छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.