बिहीबार, कार्तिक १९,२०८३ 12:37:18
  • बिहीबार, कार्तिक १९,२०८३ 12:37:18
Global IME Bank Limited

तिहारका लागि राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै

Bizshala
तिहारका लागि राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै
New Office

काठमाडौं। नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि दुई दिनसम्म सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गरिने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले जानकारी दिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस वर्ष वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी तयार पारिएको छ । एक व्यक्तिले २.५ ग्रामको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का खरिद गर्न सक्नेछन् । चाँदीका सिक्कामा लक्ष्मी, गजलक्ष्मी र गणेशको आकृति अंकित हुनेछ ।

Garima Development Bank
Bizshala
IME remit

सुन तथा चाँदीको असर्फी र सिक्काको मूल्य बिक्री हुने दिनको बजार मूल्यका आधारमा निर्धारण हुनेछ । उत्पादन लागतसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ ।

सिक्का खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.