बिहीबार, कार्तिक १९,२०८३ 03:42:16
  • बिहीबार, कार्तिक १९,२०८३ 03:42:16
Global IME Bank Limited

१२ करोड ५० लाखको आईपीओ ल्याउँदै भिजन लुम्बिनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Bizshala
१२ करोड ५० लाखको आईपीओ ल्याउँदै भिजन लुम्बिनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
New Office

काठमाण्डौ । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी आयोजित औपचारिक कार्यक्रममा भिजन लुम्बिनीका तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ।

प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आधारमा कम्पनीले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ।

भिजन लुम्बिनी नेपालमा विभिन्न उत्पादनमूलक तथा लगानीका क्षेत्रमा लगानी गर्दै आएको सार्वजनिक लगानीमूलक कम्पनी हो।

कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खननलगायत उत्पादनशील र प्रशोधन क्षेत्रमा लगानीका अवसर पहिचान, अध्ययन, विश्लेषण तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

स्वदेशी पूँजी र स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत नयाँ लगानीका सम्भावना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने लक्ष्य कम्पनीले लिएको छ।

कम्पनीले विशेषगरी जलविद्युत तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ।

आगामी दिनमा पनि नयाँ तथा सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण, रोजगारी सिर्जना र नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउने योजना कम्पनीको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.