काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी रामेश्वर थापाले आफ्नो स्वामित्वमा रहेको २ लाख ८६ हजार ६५० कित्ता सेयर बिक्री गर्ने भएका छन्।
थापाले आफूले धारण गरेको उक्त सेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने मनसायसहित निवेदन दिएको कम्पनीले जानकारी गराएको हो।
नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा पाँच कारोबार दिनअगावै जानकारी गराउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार थापाले सेयर बिक्रीको मनसाय कम्पनीसमक्ष पेश गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।