काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ५७ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९० लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ३५ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ४ करोड ९१ लाख ३९ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ करोड ७७ लाख ५४ हजार रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी ४ करोड ७२ लाख ५० हजार रुपैयाँ रहेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ४ करोड ३३ लाख १० हजार रुपैयाँ थियो।
कम्पनीको ब्याज तथा करअघिको आम्दानी ३ करोड ६४ लाख २८ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ३० लाख ५३ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा वित्तीय खर्च घटेर १ करोड ६ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्ष यस्तो खर्च १ करोड ३९ लाख ६४ हजार रुपैयाँ थियो।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १ अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी ३४ करोड १५ लाख ८० हजार रुपैयाँ छ।
कम्पनीको चुक्तापुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ रहेको छ भने सञ्चित तथा जगेडा कोष १९ करोड ४९ लाख रुपैयाँ ऋणात्मक छ।
कम्पनीको त्रैमासिक प्रतिसेयर आम्दानी ४.८१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३.६७ रुपैयाँ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।