काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले ७३ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब १८.६ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६ करोड ८ लाख ९२ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ करोड ५५ लाख १५ हजार रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी ६ करोड ९ लाख २१ हजार रुपैयाँ रहेको छ भने कुल खर्च ५ करोड ३३ लाख ७३ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको कर तथा बोनसअघिको नाफा ७५ लाख ४८ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा ९२ लाख ७६ हजार रुपैयाँ थियो।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी ८३ करोड ६४ लाख रुपैयाँ छ।
कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३.६६ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १०४.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.७८ गुणा रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।