शुक्रबार, मंसिर ४,२०८३ 10:26:12
  • शुक्रबार, मंसिर ४,२०८३ 10:26:12
Global IME Bank Limited

१४ महिनायताकै न्यून विन्दुमा सुनको मूल्य, प्रतिऔंस ३ हजार ६०० डलरभन्दा तल

Bizshala
१४ महिनायताकै न्यून विन्दुमा सुनको मूल्य, प्रतिऔंस ३ हजार ६०० डलरभन्दा तल
New Office

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६०० डलरभन्दा तल झरेको छ। यो सन् २०२५ सेप्टेम्बरयताकै न्यून मूल्य हो।  

अमेरिकी डलर निरन्तर बलियो बन्दै गएपछि सुनको मूल्यमा गिरावट आएको हो। अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले आगामी महिनाहरूमा थप ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षाले डलर बलियो बनेको हो। फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) को अक्टोबर बैठकको विवरणअनुसार, मुद्रास्फीतिलाई २ प्रतिशतको लक्ष्यमा फर्काउन आगामी महिनाहरूमा ब्याजदर थप बढाउनुपर्ने पक्षमा अधिकांश नीतिनिर्माता देखिएका छन्।

CG Motors
Garima Development Bank
IME remit

फेडका गभर्नर क्रिस्टोफर वालरले पनि मुद्रास्फीतिको दबाब प्रतिकूल दिशामा अघि बढिरहेको चेतावनी दिएका छन्। उनको भनाइले डिसेम्बरमा ब्याजदर ०.५० प्रतिशत विन्दुले बढाउन सकिने सम्भावनासमेत देखाएको छ।

सीएमई फेडवाच टुलका अनुसार, बजारले आगामी महिना ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढ्ने सम्भावना ९० प्रतिशत र ०.५० प्रतिशत विन्दुले बढ्ने सम्भावना १० प्रतिशत आकलन गरेको छ।

ब्याजदर वृद्धि हुँदा सुनजस्ता प्रतिफल नदिने सम्पत्ति राख्नुको अवसर लागत बढ्छ। यसले लगानीकर्ताका लागि सुनको आकर्षण घटाउने भएकाले मूल्यमा थप दबाब परेको हो।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.