सोमबार, बैशाख ८,२०८२ 06:10:01
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 06:10:01
IME remit
Global IME Bank Limited

प्रिमियममा आईपीओ जारी गरेका कुन कम्पनीको वित्तीय अवस्था कस्तो ?

Hyundai Nepal
प्रिमियममा आईपीओ जारी गरेका कुन कम्पनीको वित्तीय अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । सर्वसाधारणलाई अंकित मूल्य भन्दा बढी मूल्यमा साधारण सेयर (आईपीओ)जारी गरेका कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।  

अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम थप गरेर आईपीओ निष्कासन गर्ने कम्पनीमा तीन सिमेन्ट कम्पनी र पाँचवटा बीमा कम्पनी रहेका छन् । सर्वसाधारणबाट अंकित भन्दा बढी नै मूल्य असुलेका कारण पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उक्त कम्पनीहरुको निकै चर्चा छ ।  

सिमेन्ट कम्पनीतर्फ शिवम् सिमेन्टले २०७५ सालमा अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा आईपीओ जारी गरेको थियो । त्यस्तै, सोनापुर मिनरल्स आयल र सर्वोत्तम सिमेन्ट्सले भने यसै वर्षभित्र आईपीओ जारी गरेका हुन् । सोनापुरले प्रतिकित्ता २२५ रुपैयाँमा र सवोत्तम सिमेन्ट्सले प्रकिकित्ता ३६०.९० रुपैयाँका दरले बुकबिल्डिङमार्फत आईपीओ जारी गरेका थिए ।  

त्यस्तै, यता बीमा कम्पनीहरुमा पनि सिटिजन लाइफले प्रतिकित्ता २४४ रुपैयाँ, आइएमई लाइफले २३६.९१ रुपैयाँ, सन नेपाल लाइफले २३९ रुपैयाँ, रिलायबल नेपाल लाइफले २५७ रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सले प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेका थिए ।  

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेश क्ुमार हमालले आफ्नो कार्यकालमा पाँच बीमा कम्पनी र दुई सिमेन्ट कम्पनी गरी ७ वटा कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएका थिए ।

प्रिमियमा आईपीओ जारी गर्न दिएको विषयमा सेयर लगानीकर्ताहरुले विरोध समेत गरेका थिए । यस विषयमा संसदको सार्वजनिक लेखा समितिले समेत चासो व्यक्त गरेको थियो ।  

सर्वसाधारणबाट अंकित मूल्य भन्दा बढी मूल्य असुलेका कारण पनि यी कम्पनीहरु धितोपत्र दोस्रो बजारमा चर्चित छन् । लगानी नै सय रुपैयाँ भन्दा बढी रहेकाले आफ्नो लगानीबाट प्रफिट अर्न हुन्छ कि हुँदैन भन्ने लगानीकर्ताहरुको जिज्ञासाको विषय समेत बनेको छ ।  

यी कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणले कम्पनीको सेयरमूल्यमा प्रभाव पार्दछ । कम्पनीको आम्दानी, खुद नाफा, ईपीएस, नेटवर्थ जस्ता मुख्य सूचकहरु सेयरमूल्य प्रभावित पार्ने सूचक हुन् ।  

यसआधारमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रिमियममा आईपीओ जारी गरेका कम्पनीहरुको वित्तीय अवस्था कस्तो देखियो भनेर तथ्याङ्क तयार पारिएको छ । तर यो रिर्पोट कुनै कम्पनीको सेयर खरिद गर्न सिफारिस गरिएको भने होइन ।  

खुद नाफाको अवस्था  

आईपीओ निष्कासनमा अंकित मूल्य भन्दा बढी रकम असुल गरेका ८ वटा कम्पनीमध्ये सोनापुर मिनरल्स आयल घाटामा छ । अन्य कम्पनीले भने नाफा कमाएका छन् ।  

सोनापुर मिनरल्स आयलले सो अवधिसम्म २७ करोड ८० लाख रुपैयाँ घाटा ब्यहोरेको छ । आइपीओ निष्कासन गर्दा सर्वसाधारणबाट प्रतिकित्ता १२५ रुपैयाँ प्रिमियम असुलेको सो कम्पनीले पौने २८ करोड रुपैयाँ घाटा ब्यहोर्न पुगेको छ । कम्पनीको सेयरमा लगानीकर्ताको प्रतिकित्ता २२५ रुपैयाँ लगानी छ । कम्पनीले उल्टै घाटा ब्यहोर्दा के आधारमा आफ्ना सेयरधनीलाई प्रतिफल दिन्छ भन्ने प्रश्न आम लगानीकर्तामा उब्जिएको छ ।  

त्यस्तै, यता नाफा आर्जन गरेका ७ वटा कम्पनीमा पनि शिवम् सिमेन्ट्सको नाफा गत आवको तुलनामा घट्न पुगेको छ भने अन्य कम्पनीले नाफा बढाएका छन् । गत आवको यस अवधिसम्म ५३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको सो कम्पनीले चालु आवको सो अवधिसम्म २० करोड ४२ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।  

त्यस्तै, बुकबिल्डिङमार्फत आईपीओ ल्याएको सर्वोत्तम सिमेन्टले भने ३२ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १२ करोड ७ लाख रुपैयाँ नाफा कमााएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

प्रिमियममा आईपीओ जारी गरेपनि तेस्रो त्रैमासिक रिर्पोटअनुसार बीमा कम्पनीहरुको अवस्था भने राम्रो देखिएको छ ।  

गत आवको तुलनामा सर्वाधिक हिमालयन रि इन्स्योरेन्सले १०१ प्रतिशतले नाफा बृद्धि गरेको छ । सो अवधिसम्म सर्वाधिक नाफा कमाउनेमा पनि हिमालयन रि नै अघि छ । कम्पनीले ९३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवमा कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, सन नेपाल लाइफले ४९ करोड ३६ लाख, रिलायबल नेपाल लाइफले ३४ करोड २ लाख, आइएमई लाइफले ३३ करोड १५ लाख र सिटिजन लाइफले २८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ ।  

आम्दानीको अवस्था कस्तो ?  

सिमेन्ट कम्पनी र बीमा कम्पनीहरुको आम्दानीको अवस्था फरक हुन्छ । आम्दानीकै आधारमा नाफा कमाउने भएपनि दुबै सेक्टरका कम्पनीहरुको आय गर्ने तरिका फरक हुन्छ ।  

सिमेन्ट कम्पनीहरु सिमेन्ट बिक्री गरेर आम्दानी गर्ने प्रयोजनका लागि स्थापित भएका हुन् भने बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गरी आम्दानी गरिरहेका हुन्छन् ।  

पछिल्लो समय निर्माणका कार्यहरु ठप्प जस्तै हुँदा सिमेन्ट कम्पनीहरुको आम्दानीको अवस्था खस्किन पुगेको छ । सोनापुर मिनरल्स आयलको सिमेन्ट बिक्रीमार्फत हुने आम्दानी ३१.९३ प्रतिशतले घटेको छ । गत आवको तेस्रो त्रैमाससम्म सिमेन्ट बिक्रीमार्फत १ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको सो कम्पनीले चालु आवको यस अवधिसम्म जम्मा १ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

बीमा कम्पनीहरुमा भने हिमालयन रि इन्स्योरेन्सले ९०.५८ प्रतिशतले आम्दानी बढाएको छ । कम्पनीले सो अवधिसम्म विभिन्न क्षेत्रमा लगानी गरी ४ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

 ईपीएस र नेटवर्थको अवस्था  

धितोपत्र दोस्रो बजारमा सेयरमा लगानी गर्नेका लागि कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) र प्रतिसेयर नेटवर्थ महत्वपूर्ण सूचक मानिन्छ । लगानी गर्नुअघि कम्पीको इपीएस र नेटवर्थ कति छ, बुझ्नु आवश्यक हुन्छ ।  

कम्पनीको खुद नाफा र कुल जारी साधारण सेयरको अनुपात नै ईपीएस हो । लगानीकर्ताले इपीएसकै आधारमा कम्पनीले दिन सक्ने लाभांश समेत अनुमान लगाउन सक्छन् ।  

साथै दोस्रो बजारमा धेरै इपीएस भएको कम्पनीले धेरै लाभांश दिन सक्ने क्षमतालाई समेत जनाउँदछ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस सन नेपाल लाइफको रहेको छ । कम्पनीको ईपीएस २०.५७ रुपैयाँ कायम छ । 

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.