काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण सेयरको लकइन अवधि आगामी पुस १० गते समाप्त हुने भएको छ।
कम्पनीका सूचनाअनुसार गत असार ११ गते बाँडफाँड गरिएको उक्त सेयरको ६ महिनाको लकइन अवधि पुस १० गते पूरा हुनेछ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमध्ये सामूहिक लगानी कोषलाई ४२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४२ हजार ५०० कित्ता सेयर छुट्याएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।