सोमबार, असार २,२०८२ 06:45:26
  • सोमबार, असार २,२०८२ 06:45:26
Global IME Bank Limited

बोटलर्स नेपाल(बालाजु) को नाफा ८६% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
बोटलर्स नेपाल(बालाजु) को नाफा ८६% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८६.२४ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ  खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.५८ प्रतिशतले कम हो । कम्पनीको अन्य आम्दानी २ करोड २३ लाख रुपैयाँ र वित्त आम्दानी १९ लाख ५७ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च १ अर्ब १४ करोड ६२ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि ४६ करोड ९८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार ६.४५ प्रतिशतले बढ्दै ५ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ३ हजार २९९ रुपैयाँ, रिटर्न अन इक्विटी १.३ प्रतिशत र पीई अनुपात ६९१ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.