शनिबार, फाल्गुन १०,२०८१ 08:19:02
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:19:02
IME remit
Global IME Bank Limited

सेयर बजारमा बीमा कम्पनीहरुको रु.२० अर्ब लगानी, जीवन र निर्जीवनतर्फ कुनको कति ?

Hyundai Nepal
सेयर बजारमा बीमा कम्पनीहरुको रु.२० अर्ब लगानी, जीवन र निर्जीवनतर्फ कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर (पुँजीबजार)मा २० अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेयरबजारमा २० अर्ब ६ करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन् ।  

चालु आवको ९ महिनासम्ममा १३ जीवन बीमा कम्पनी, १२ निर्जीवन बीमा कम्पनी, दुई पुनर्बीमा कम्पनी र एक लघुबीमा कम्पनी गरी कुल २८ बीमा कम्पनीले सेयरबजारमा लगानी गरेका छन् । जीवनतर्फ मेटलाइफ र निर्जीवतर्फ ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीमा विदेशी लगानी रहेकाले नेपाली सेयरबजारमा लगानी छैन ।  

त्यस्तै, चालु आर्थिक वर्षभित्र सञ्चालनमा आएका ६ वटा लघुबीमा कम्पनीमध्ये लघुजीवनतर्फको लिवर्टी माइक्रो लाइफले मात्रै सेयरबजारमा लगानी गरेको छ ।  

गत आर्थिक वर्षको यस अवधिसम्म २६ वटा बीमा कम्पनीले सेयरबजारमा १५ अर्ब ५ करोड १५ लाख रुपैयाँ लगानी गरेको थियो । यसर्थ गत आवको तुलनामा चालु आवमा बीमकहरुको सेयरबजारमा लगानी ३३.३१ प्रतिशतले बृद्धि भएको छ ।  

नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको १५ प्रतिशत रकम सम्म सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि बीमा कम्पनीले यस्तो क्षेत्रमा चुक्तापुँजीको ५ प्रतिशत रकम मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।  

साथै लगानी निर्देशिका बमोजिम बीमा कम्पनीले कुल लगानीको १० प्रतिशत रकम मात्रै सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्था छ । लगानीको दायरा बढेसँगै अधिकांश बीमा कम्पनीले पुँजीबजारमा लगानी बढाएका छन् ।

जीवन बीमा कम्पनीले ३२.५% ले बढाए लगानी  

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सूचीकृत पब्लिक कम्पनीको सेयरमा १५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ लगानी गरेका छन् ।  

यो लगानी गत आवको यसै अवधिसम्मको तुलनामा ३२.८५ प्रतिशलते बढी हो । गत आवको सो अवधिसम्म जीवन बीमा कम्पनीले सेयरबजारमा ११ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका थिए ।  

तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नेपाल लाइफले २ अर्ब ८६ करोड रुपैयाँ सेयरबजारमा लगानी गरेको छ । यो रकम गत आवको तुलनामा ३।६३ प्रतिशत बढी हो । गत आवमा नेपाल लाइफले २ अर्ब ७६ करोड रुपैयाँ पुँजीबजारमा लगानी गरेको थियो ।  

त्यस्तै, दोस्रोमा हिमालयन लाइफले २ अर्ब ८३ करोड रुपैयाँ सेयरबजारमा लगानी गरेको छ । कम्पनीले पनि गत आवको तुलनामा यो क्षेत्रको लगानी ४४.५४ प्रतिशतले बढाएको छ । गत आवको यस अवधिसम्म कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ लगानी गरेको थियो ।  

तर गत आवको तुलनामा यो क्षेत्रको लगानी भने सर्वाधिक आइएमई लाइफले बढाएको छ । गत आवको तेस्रो त्रैमाससम्म सेयरबजारमा ६ करोड २४ लाख रुपैयाँ मात्रै लगानी गरेको आइएमई लाइफले चालु आवको तेस्रो त्रैमाससम्म ८०६.०६ प्रतिशतले बढाएर ५६ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यसका साथै रिलायबल नेपाल लाइफले पनि गत आवको तुलनामा यो क्षेत्रको लागि २५२.२३ प्रतिशतले बृद्धि गरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ७७ करोड ८५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।  

गत आवको तुलनामा एशियन लाइफ बाहेक सबै कम्पनीले सेयरबजारमा लगानी बढाएको छ । गत आवमा १ अर्ब ११ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको सो कम्पनीले चालु आवको यस अवधिसम्म जम्मा ८६ करोड रुपैयाँ मात्रै लगानी गरेको छ । यो लगानी गत आवको तुलनामा २२.०३ प्रतिशत कम हो ।  

सेयरबजारमा निर्जीवन बीमकको साढे ३ अर्ब लगानी  

चालु आवको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ३ अर्ब ४७ करोड ५९ लाख रुपैयाँ लगानी गरेका छन् ।  

यो लगानी गत आवको तुलनामा १२.२२ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म निर्जीवन बीमकहरुले सूचीकृत सेयरमा ३ अर्ब ९ करोड ७४ लाख रुपैयाँ लगानी गरेका थिए ।  

सो अवधिसम्म सर्वाधिक राष्ट्रिय बीमा कम्पनीले सेयरबजारमा ८१ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी गत आवको तुलनामा ०.४८ प्रतिशत बढी हो । गत आवको सो अवधिसम्म कम्पनीले ८१ करोड ५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको थियो ।  

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि सूचीकृत पब्लिक कम्पनीको सेयरमा ५६ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी गत आवको तुलनामा १.३५ प्रतिशत बढी हो । गत आवको यस अवधिसम्म कम्पनीले सेयरबजारमा ५५ करोड ९६ लाख रुपैयाँ लगानी गरेको थियो ।  

यो क्षेत्रको लगानी बृद्धिदरमा भने नेको इन्स्योरेन्स अगाडी छ । कम्पनीले गत आवको तुलनामा यो क्षेत्रको लगानी ११८.७२ प्रतिशतले बढाएर कुल ३२ करोड ४ लाख रुपैयाँ पुर्याएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको सेयरबजारमा १४ करोड ६५ लाख रुपैयाँ मात्रै लगानी थियो ।

त्यस्तै, दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्सले पनि ११०.८३ प्रतिशतले यो क्षेत्रको लगानी बढाएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म पुँजीबजारमा १६ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । गत आवमा भने कम्पनीले ७ करोड ७२ लाख रुपैयाँ मात्रै लगानी गरेको थियो ।  

गत आवको तुलनामा चालु आवमा प्रभु इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको भने यो क्षेत्रको लगानी घट्न पुगेको छ । सर्वाधिक नेपाल इन्स्योरेन्सको ४४.८७ प्रतिशतले घटेको छ । 

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.