काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५६० रुपैयाँ कायम थियो । आजदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यअनुसार कारोबारमा आउनेछ ।
कम्पनीले कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी जेठ २८ गते आयोजना हुन लागेको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।