सोमबार, असार २,२०८२ 02:38:58
  • सोमबार, असार २,२०८२ 02:38:58
Global IME Bank Limited

डलरविरुद्ध एशियाली मुद्राहरुमध्ये भारतीय मुद्रा सबैभन्दा बलियो

Hyundai Nepal
डलरविरुद्ध एशियाली मुद्राहरुमध्ये भारतीय मुद्रा सबैभन्दा बलियो
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरविरुद्ध एशियाली मुद्राहरुमध्ये भारतीय मुद्रा(भारु) सबैभन्दा बलियो देखिएको छ । सन् २०२३ मा स्थिर रहेको भारुले यस वर्षको जनवरी महिनामा डलरविरुद्ध अन्य एशियाली मुद्राहरुको तुलनामा सबैभन्दा राम्रो प्रदर्शन गरेको हो ।  

जनवरी महिनामा भारु ०.१ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा अमेरिकी डलरमा देखिएको २ प्रतिशतको वृद्धिका बाबजुद पनि भारु बलियो बनेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा अन्य एशियाली देशका मुद्रामा भने १.४ प्रतिशतदेखि ४ प्रतिशतसम्मको अवमूल्यन देखिएको छ । विदेशी पोर्टफोलियो भित्रीएका कारण भारुको मूल्यमा वृद्धि देखिएको हो ।  

सन् २०२३ मा भारतीय रुपैयाँले डलरविरुद्ध बलियो स्थिरता प्रदर्शन गरेको थियो । यस वर्ष भारुमा बितेका ३ दशककै सबैभन्दा कम उतारचढाव देखिएको थियो । यो वर्ष डलरको तुलनामा भारु ०.५ प्रतिशतले अवमूल्यन भएको थियो ।  

पछिल्लोपटक सन् १९९४ मा भारुमा डलरविरुद्ध सबैभन्दा धेरै स्थिरता देखिएको थियो । त्यसबेला भारुको मूल्य ०.४ प्रतिशतले बढेको थियो ।  

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले डलर खरिद–बिक्रीमा विदेशी विनिमय बजारलाई समयमै हस्तक्षेप गरेका कारण यो स्थिरता देखिएको यो । केन्द्रीय बैंकको समयमै भएको हस्तक्षेपकारी कदमले भारुलाई प्रति डलर ८४ रुपैयाँभन्दा बढी कमजोर हुन नदिएको विश्लेषकहरु बताउँछन् ।  

अहिले एक डलरबराबर ८३.११ डलर कायम भएको छ ।    

जनवरी  महिनामा भारतको घरेलु ऋण बजारमा १५ हजार ७९३ करोड भारु भित्रीएको छ । अमेरिकी बैंक जेपी मोर्गनले भारतलाई आफ्नो फ्ल्यागसिप इन्डेक्स जीबीआई–इएम ग्लोबल इन्डेक्समा समावेश गरेको छ । १ प्रतिशतका साथ भारतले यो इन्डक्ेसमा आगामी जुन महिनामा प्रवेश गर्नेछ ।  

यो भार १० प्रतिशत नपुग्दासम्म सन् २०२५ सम्म प्रत्येक  महिना १ प्रतिशतले वृद्धि हुनेछ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.