काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उदेश्यका साथ महर्षी चोक(एसबीआई बैंक अगाडि)ब्यास नगरपालिका–३, दमौलीमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।
आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’अनुरुप स्थापना गरिएको यो नयाँ सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवा लिन सक्नेछन् । एनसेलका चीफअफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रममाझ आज बिहिबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका छन् ।
एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत यस नयाँ सेन्टरबाट लिन सकिन्छ । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिमफोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।
सेन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चीफअफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, ‘हामी विगत १० वर्ष देखि दमौलीमा रहेर ग्राहक सेवा प्रदान गर्दै आएका छौं र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन व्यस्त बजार क्षेत्रमा खोलिएको नयाँ सेन्टर सञ्चालनमा ल्याउनपाउँदाहामीहर्षित छौं । ग्राहक सेवाकालागि स्थानिय स्तरमा नै उपस्थितीजनाई हाम्राग्राहकहरुलाई ‘सधैं अन’ रहन सक्षमबनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउदै डिजिटल बन्न पे्ररित गर्नु हाम्रो उदेश्य हो ।’
रोड्रिगेजले उक्त अवसरमा कम्पनीको ‘सधैं अन’ योजनाका बारेमा प्रकाशपारे । उनका अनुसार यो योजना यस्तो प्रकारको नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिए पश्चात मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                