IME remit
  • सोमबार, कार्तिक २६,२०८१ 02:24:35
IME remit
Global IME Bank Limited

चिरख्वा हाईड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
चिरख्वा हाईड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । चिरख्वा हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २३ गतेका लागि सभा डाकेको हो ।  

सो दिन बिहान ११ बजे काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सभा डाकिएको हो । 

उक्त सभामा कम्पन्रीको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समसामायिक थप संशोधन गर्ने जस्ता विेशष प्रस्ताव पारित गरिनेछ ।  

सभामा अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.