शुक्रबार, असार २०,२०८२ 03:26:02
  • शुक्रबार, असार २०,२०८२ 03:26:02
Global IME Bank Limited

बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने, ६०% छुटको व्यवस्था

Hyundai Nepal
बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने, ६०% छुटको व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । तनहुँको बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले व्यवसायिक सञ्चालनका लागि ‘कमर्शियल अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त गरेसँगै बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको हो ।  

यो केबलकार गत वैशाख १ गतेदेखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो ।  कम्पनीलाई टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी व्यवसायिक सञ्चालनको प्रमाणपत्र प्रदान गरेको हो ।  

तीन चरणको परिक्षणकाल सम्पन्न भएसँगै केवलकारले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाण पत्र र अन्य सबै खालका सुरक्षा एवम् सम्पन्न सम्बन्धी प्रमाण पत्र हासिल गरेको छ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो केबलकारको प्रति घण्टा ५ सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले व्यवसायक सञ्चालनको सुरुवातको अवसरमा सीमित अवधिका लागि ६० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । कम्पनीले मिठो खानपिनका साथ विशेष अफरमा लोअर स्टेसनको रेष्टुरेन्ट ड्राइभ इनबाट सेवा लिएबापत दुईतर्फी निःशुल्क केबलकारको सफर गर्न पाइने अफर समेत ल्याएको छ ।  

याने केबलकारको निर्माण प्रक्रिया विस २०७५ साल साउनदेखि अघि बढाइएको थियो । पृथ्वी राजमार्गको केवलकार चोकदेखि बन्दीपुरसम्म १ हजार ७ सय मिटर लामो केवलकारको तल्लो स्टेसनमा आकर्षक बगैँचा र पर्यटक कोर्ट निर्माण गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.