बुधबार, असार ३२,२०८२ 08:12:40
  • बुधबार, असार ३२,२०८२ 08:12:40
Global IME Bank Limited

भिजा एक्सेलेरेटर कार्यक्रम २०२४ मा नेपालका फिनटेकहरूबाट आवेदन खुला

Hyundai Nepal
भिजा एक्सेलेरेटर कार्यक्रम २०२४ मा नेपालका फिनटेकहरूबाट आवेदन खुला
Shivam Cement

काठमाण्डौ । भिजा एक्सेलेरेटर कार्यक्रमको चौथो संस्करणको घोषणाका साथै आवेदनहरू खुला गरिएको छ । डिजिटल भुक्तानी सेवा प्रदायक भिजाले भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा स्टार्टअपहरूलाई विकासको सम्भावनाका ढोकाखोल्ने गर्न सक्षम बनाउने उदेश्यले यो कार्यक्रम र आवेदन खुला गरेको हो ।  

Muktinath Bikas Bank Limited

नयाँ संस्करण नयाँ अवसरका क्षेत्रहरू, कृत्रिम बुद्धिमत्ता, विश्वव्यापी मुद्रा आवगमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृति जस्ता क्षेत्रहरूमाजोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित रहेको कम्पनीले जनाएको छ ।  

कार्यक्रमको शुभारम्भमा बोल्दै भिजा नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्याबसुले भने, “हामी देशका आगामी र आउने पेमेन्ट इनोभेटरहरूलाई भिजा एक्सेलेटर कार्यक्रममा आमन्त्रित गर्न पाउँदा र भिजामार्फत उनीहरूको चुनौतीहरू समाधानलाई सशक्त बनाउन पाउँदा खुसी छौं। कार्यक्रमले स्टार्टअपहरूलाई हाम्रा विषयवस्तुका विज्ञहरूसँग काम गर्ने अनौठो अवसर प्रदान गर्नेछ ।’

 विस्तार चरणमा रहेका स्टार्टअप कम्पनीहरूका लागि विषेश रूपमा तयार गरिएको यस कार्यक्रमले सम्भावित सहयोग र द्रुत वृद्धिको साथ अवधारणाको प्रमाण, उत्पादन समाधानहरू, र द्रुत ट्रयाक गरिएको व्यावसायीकरणमा जोड दिइनेछ । 

एशिया–प्रशान्त क्षेत्रबाट छानिएका स्टार्टअपहरूको समूहले, कार्यक्रममार्फत, भुक्तानी इकोसिस्टमको विकसित चुनौतीहरूलाई सम्बोधन गर्नेछ ।  स्टार्टअपहरूले नयाँ समाधानहरूको सह–विकास, परीक्षण र पुनरावृत्तिपनिगर्नेछन् र भिजाको वित्तीय संस्थाहरू, व्यवसायीहरू र डिजिटल साझेदारहरूको व्यापक सञ्जाललाई मूर्त गो–टु–मार्केटको अवसरहरू पाउनेछन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.