बुधबार, फाल्गुन ६,२०८२ 05:19:37
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:19:37
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रियामा आर्थिक चलखेल हुन नदिन र दक्ष व्यक्ति नियुक्त गर्न लगानीकर्ताको माग

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रियामा आर्थिक चलखेल हुन नदिन र दक्ष व्यक्ति नियुक्त गर्न लगानीकर्ताको माग
Shivam Cement

काठमाण्डौ । पूँजी बजारसँग सम्बन्धित लगानीकर्ताका विभिन्न संगठनहरूले धितोपत्र बोर्डको अध्यक्षमा आर्थिक चलखेल हुन नदिन र दक्ष व्यक्ति नियुक्त गर्न सरकारसँग माग गरेका छन् । विभिन्न ४ वटा लगानीकर्ता संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै  यस्तो आग्रह गरेका हुन् ।  

जनरल इन्भेस्टर एसोशएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष नियुक्तिलाई पारदर्शी बनाई योग्य व्यक्तिलाई नियुक्त गर्न सरकारसँग माग गरेका छन् ।  

केही व्यावसायिक घरानाका व्यक्तिहरु आफ्नो नीहित स्वार्थको लागि बोर्ड अध्यक्षमा नजिकको मान्छे नियुक्त गर्न लागिपरेको भन्दै संघहरुले ध्यानाकर्षण गराएका हुन् ।

‘नेपाल धितोपत्र बोर्ड पुस महिनादेखि अध्यक्षविहिन छ । लामो समयदेखि धितोपत्र बोर्डजस्तो संवेदशनशिल क्ष्नियामक निकायमा सरकारले अध्यष नियुक्त गर्न नसक्नु लज्जाको विषय हो,’ विज्ञप्तीमा भनिएको छ ‘हाल विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यमममा बोर्ड अध्यक्षको नियुक्तीको विषयलाई लिएर ठूलो आर्थिक चलखेल भएको कुरा सार्वजनिक भएको छ । केहि व्यवसायिक घरानाले आफ्नो निहित स्वार्थका लागि बोर्डको अध्यक्षमा आफ्नो नजिकको मान्छे नियुक्ती गर्न सरकारलाई दबाव दिएको सुन्नमा आएकाले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

धितोपत्र बोर्ड स्वायत्त निकाय हुन आवश्यक रहेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ,‘ संवेदनशील निकायमा पार्टीगत भागबण्डा, पैसा र शक्तिको आडमा गरिने कार्यले स्वच्छ लगानीको वातावरण सिर्जना गर्न सक्दैन । अनुभवी, स्वतन्त्र, पूँजी बजारसम्बन्धी राम्रो ज्ञान भएको विज्ञ व्यक्तिलाई सरकारले यथाशक्य बोर्डमा नियुक्त गरोस्, अन्यथा सरकारको गलत कामलाई टुलुटुलु हेरेर बस्न नसक्ने र तथ्यगत प्रमाणको आधारमा आवश्यक कदम चाल्न बाध्य हुनेछौं ।’

आज सर्टलिस्टमा परेका ५ जनाले बोर्ड अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुत गर्दैछन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.