आईतवार, असार २२,२०८२ 02:36:46
  • आईतवार, असार २२,२०८२ 02:36:46
Global IME Bank Limited

मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न

Hyundai Nepal
मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा International Day of Family Remittance को अवसरमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा आर्न्या बुटिक होटल काठमाण्डौमा असार २ गते सम्पन्न भएको हो ।

उक्त १ दिने कार्यशाला गोष्ठिको प्रमुख अतिथीमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको उपस्थिती रहेको थियो भने नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धर विशेष अतिथीको रुपमा उपस्थित भएका थिए ।  

रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरु समेतको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा रेमिट्यान्स क्षेत्रसँग सम्वन्धित विविध विषयहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रमुख अतिथी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले आफ्नो मन्तव्य राख्दै नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न आप्रवाह रेमिट्यान्सले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराए । 

CG Motors
Muktinath Bikas Bank Limited

बैधानिक तबरले रेमिट्यान्स भित्र्याउन नेपाल राष्ट्र बैंक, नेपाल मुद्रा विप्रेषक संघसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि उनले बताए । यसैगरी अतिथीद्धय नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरले पनि रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाईहरु राखेका थिए । 

नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा वृद्धि हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने,  रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुको आम्दानीमा वृद्धि हुन गर्ई राजश्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराएका थिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेल, उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले आ–आफ्नो भनाई राखेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.