बुधबार, भाद्र ३,२०८३ 01:32:31
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:32:31
Bizshala
Global IME Bank Limited

सेबोनको अध्यक्षको अन्तर्वार्तामा आज पनि गएनन् ३ जना उम्मेद्वार , छनौट प्रक्रिया नै रद्द हुने संघारमा

सेबोनको अध्यक्षको अन्तर्वार्तामा आज पनि गएनन् ३ जना उम्मेद्वार , छनौट प्रक्रिया नै रद्द हुने संघारमा
New Office

काठमाण्डो । धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि सर्टलिस्टमा परेका ३ उम्मेद्वार कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका पुनः अनुपस्थित भएका छन् । अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आज ९ बजे फेरी बोलाएको थियो ।  

तर आज पनि ३ जना उम्मेद्वार अनुपस्थित भएका हुन् ।  

गत आइतबार बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए । सर्टलिस्टमा परेका मध्य डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने अन्तर्वार्ता बहिष्कार गरेका थिए ।  

Bizshala
CG Motors

यससँगै बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द हुने सम्भावना देखिएको छ । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि सिफारिस समितिले ३ जनाको नाम मन्त्रीपरिषदलाई पठाउने र ती ३ जना मध्येबाट एकजनालाई सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था रहेको छ ।

५ जनामध्ये २ जना मात्रै अन्तरवार्तामा उपस्थित भएपछि अध्यक्ष पदका लागि मन्त्रीपरिषदमा ३ जनाको नाम पठाउन नमिल्ने भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.