काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ लाख रुपैयाँ बढी बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको नारायणपुर शाखा कार्यालयले माघ १५ गते मृतक बीमित चन्द्र बहादुर कडायतको परिवारलाई १२ लाख ४० हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।
नारायणपुर नागरिक मिर्मिरे समुहमा आवद्ध सदस्य कडायतको मृत्यु पश्चात कर्जाको जीवन बीमा बापत निजकी श्रीमती चेतु कुमारी कडायतलाई बिमाङ्क तथा किरिया खर्च रकम रु १२ लाख ४० हजार रुपैया दाबी भुक्तानी गरिएको संस्थाले जनाएको छ ।
संस्थाले मेट लाईफ इन्स्योरेन्स कम्पनीसँग सदस्यको म्यादी जीवन बीमा सहकार्य गरेको छ । उक्त दाबी रकम टिकापुर नगरपालिका वडा नं. ६ का कार्यबाहक वडा अध्यक्ष पुरन नायकले हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख भिम बहादुर साउँद, बौनिया क्लष्टर प्रमुख मनोज कुमार ओली , सुदुर पश्चिम प्रदेश कर्जा असुली प्रमुख सुरत सुनार, शाखा प्रमुख नरेन्द्र बहादुर धामी तथा कर्मचारीहरु मिना रावल क्षेत्री, बबिता पौडेल भेषराज उपाध्याय तथा केन्द्र न ७० सदस्यहरुको उपस्थिति रहेको थियो ।