शुक्रबार, जेष्ठ १,२०८३ 05:47:23
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:47:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टाटा मोटर्सद्वारा सबै व्यवसायिक सवारी साधनको मूल्य २% सम्म बढाउने घोषणा

Laxmi Sunrise Bank Limited
टाटा मोटर्सद्वारा सबै व्यवसायिक सवारी साधनको मूल्य २% सम्म बढाउने घोषणा
Shivam Cement

काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी टाटा मोटर्सले आफ्ना सबै व्यवसायिक सवारी साधनको मूल्य २ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । कम्पनीले आगामी जुलाई १ देखि लागू हुनेगरी सम्पूर्ण व्यवसायिक सवारी साधनको मूल्य बढाउने घोषणा गरेको हो ।  

कमोडिटी प्राइसमा भएको बढोत्तरीका कारण सवारी साधनको मूल्य बढाउनु परेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मूल्यवृद्धि सबै व्यवसायिक सवारी साधनको रेञ्जमा लागू हुने र फरक–फरक मोडल तथा भेरियन्ट अनुसार मूल्यवृद्धि पनि फरक हुनेछ ।  

टाटा मोटर्सले वित्त वर्ष २०२३/२४ मा हालसम्मकै उच्च आम्दानी गरेको छ । कम्पनीले यो वर्ष ४.३७ लाख करोड भारु आम्दानी गरेको छ । जुन कुनै एक वर्षमा कम्पनीले आर्जन गरेको अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०२२/२३ को आर्थिक वर्षमा कम्पनीले ३.४५ लाख करोड भारु आर्जन गरेको थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीको मुनाफा पनि १ हजार प्रतिशत बढेर ३१ हजार ८०७ करोड भारु पुगेको छ । वित्त वर्ष २०२३ मा कम्पनीको मुनाफा २ हजार ६८९ करोड भारु थियो ।  

यससँगै कम्पनीको भारत कारोबार कर्जामुक्त भएको कम्पनीका प्रमुख वित्तीय अधिकारी पीबी बालाजीले बताएका छन् ।  

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X