काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८१/८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरिएको हो।
डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरले यही असार मसान्तभित्र कम्पनीमा गई बुझाउन वा ग्लोबल आइएमई बैंकको पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क राखि वा आइएमई पे, फोनपे, क्यूआर पेमेन्ट,खल्ती, कनेक्ट आईपीएस,प्रभु पे,,ई–सेवा तथा ग्लोबल आइएमई बैंकको ई–बैंकिङ सुविधाहरुमार्फत भुक्तानी गर्न सक्नेछन् ।
तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                