काठमाण्डौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ । कम्पनीले गत शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुम देखि सुकुटेसम्म उक्त राइडको आयोजना गरेको थियो ।
उक्त कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ, मृगेन बनर्जी र डीजीएम, विक्रम पौडेलद्वारा गरिएको थियो ।
२५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्राका क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपककुमार दासको पनि सहभागिता रहेको कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्स नेपालमा टिभिएस मोटर कम्पनीको सेप्टेम्बर २०१५ देखि एकमात्र आधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा संचालित छ ।