काठमाण्डौ। आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाबाट आइतबार आर्थिक विधेयक २०८१ पारित भएको हो ।
आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो । यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।