सोमबार, असार २,२०८२ 12:38:21
  • सोमबार, असार २,२०८२ 12:38:21
Global IME Bank Limited

एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएन, प्रचण्डलाई भोलिसम्मको टाइमलाइन

Hyundai Nepal
एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएन, प्रचण्डलाई भोलिसम्मको टाइमलाइन
Nabil Bank Limited

काठमाण्डौ । सत्ता सहकार्यका लागि सहमति गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलपछि नेकपा एमालेले सार्वजनिक गरिसकेको निर्णय संसोधन गरेको छ ।  

एमालेको सचिवालय बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने निर्णय भएको थियो । तर, ओलीले केही संविधानविद र कांग्रेस सभापति देउवासँग टेलिफोनमा कुरा गरेपछि निर्णय केही संसोधन गरी सार्वजनिक भएको एमालेका एक नेताले जानकारी दिए । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ती नेताका अनुसार एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई बुधबार(भोलि)सम्म राजीनामा गरेर मार्गप्रशस्त गर्न औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । एमालेले बुधबारसम्म पनि प्रचण्डले राजीनामा नगरे संविधानविदहरुको सल्लाहअनुसार कांग्रेस लगायतका दलहरुको सहमति लिएर नयाँ सरकार गठनका लागि अगाडि बढ्नेछ । सो क्रममा प्रचण्ड नेतृत्वको सरकार अपदस्थसम्मको कदम उठाउन सकिने विषयमा बैठकमा छलफल भएको छ ।  

एमालेको सचिवालय बैठकले एमाले र काँग्रेसबीच नयाँ सरकार निर्माणका लागि भएको सहमति अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।  

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दललाई आह्वान गर्ने निर्णय समेत भएको छ ।  

यसैबीच, एमालेले सरकारलाई दिएको समर्थन मंगलबार नै फिर्ता नलिने र मन्त्रीहरुलाई पनि फिर्ता नबोलाउने निर्णय गर्ने सूचना पाएपछि प्रधानमन्त्री प्रचण्डले समेत एमाले मन्त्रीहरुलाई बर्खास्त गर्ने कदमबाट पछाडि हटेका छन् । एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने योजनासहित कांग्रेसको सानेपास्थित फोटो प्रदर्शनी कार्यक्रमबाट फिर्ता भएका उनले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेपछि रणनीति परिवर्तन गरेका स्रोतको भनाई छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.