काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारलाई राप्रपा र मधेशवादी दलहरुले साथ दिने वचन दिएका छन् ।
नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले हालका विपक्षी दलहरुको बैठक बोलाएका थिए । सो बैठकमा सहभागी राप्रपा र विभिन्न मधेशवादी दलका शीर्षस्थ नेताहरुले कांग्रेस एमालेको सहमतिअनुसार बन्न लागेको सरकारलाई साथ दिने र सहभागी हुने वचन दिएका हुन् ।
बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको र साथ दिन आग्रह गरेका थिए । जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले आफ्नो दल संविधान संसोधनको पक्षमा रहेको भन्दै साथ दिने जवाफ दिएका थिए ।
बैठकमा नेपाली कांग्रेसका उपसभापति पूुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला लगायतका उपस्थिति थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                