काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरेको हो ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालद्वारा जारी गरिएको विज्ञप्तिमा ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख गरिएको छ ।
मुकुल ढकाललाई निलम्बन परेसँगै पार्टीको केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सह–प्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको छ ।