काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बचतपत्रधनीहरूलाई भुक्तानी लिन आह्वान गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद गरेका लगानीकर्तालाई परिपक्व भएको साँवा ब्याज तथा आर्जित ब्याज रकम भुक्तानी लिन आह्वान गरेको हो ।
राष्ट्र बैंकले कतिपय बचतपत्रधनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेकाले त्यस्ता बचतपत्रधनीलाई यथाशीघ्र भुक्तानी लिन सूचित गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।