बुधबार, बैशाख १०,२०८२ 04:00:05
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 04:00:05
IME remit
Global IME Bank Limited

राष्ट्रपतिको प्रचण्डप्रति सद्भाव देखेर झस्किए कांग्रेस–एमाले, संविधानविद् नै विभाजित

Hyundai Nepal
राष्ट्रपतिको प्रचण्डप्रति सद्भाव देखेर झस्किए कांग्रेस–एमाले, संविधानविद् नै विभाजित
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय दूतहरुको ग्रिन सिग्नलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आगामी असार २८ गते संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन् ।

उच्च राजनीतिक स्रोतहरुका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय दूतहरु यो वा त्यो बाहानामा प्रधानमन्त्री बन्न केपी ओलीलाई रोक्ने प्रयासमा छन् । यही प्रयासस्वरुप अगाडि बढ्नसकिने ग्रिन सिग्नल पाएपछि आफूले सत्ता छाड्नै पर्दा पनि केपी ओलीको ठाउँमा कांग्रेस सभापति शेरबहादुर देउवालाई तालाचाबी सुम्पिएर बाहिरिने निश्कर्षमा प्रचण्ड पुगेका स्रोत बताउँछ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

प्रचण्ड निकट स्रोतले समेत यही अनुमानसँग मेल खाने दाबी पेश गरेको छ । बिजशालासँग कुरा गर्दै प्रचण्डको सचिवालयमा कार्यरत एक सदस्यले भने–‘संविधानको धारा ७६(२) अनुसार आफू प्रधानमन्त्री  पदमा निर्वाचित भएको र यो धाराअनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(३) अनुसार सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । यही बुझाईका कारण चाँडै विश्वासको मत लिएर कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने योजनाअनुसार अगाडि बढिएको हो ।’ ती अधिकारीले दाबीका साथ भने–‘हेर्दै गर्नुहोला केपी शर्मा ओली प्रधानमन्त्री बन्दैनन् । तर कांग्रेस एमालेको सहभागितामा नयाँ सरकार बन्ला, बाँकी भागबण्डा पनि उहाँहरुले मिलाएरै देश चलाउनुहोला, त्यो हाम्रो सरोकारको विषय होइन ।’  

सत्ता छाड्दै गर्दा पनि प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएको रीस एमाले अध्यक्ष केपी ओलीमाथि साँध्न खोजिरहेका राजनीतिक घटनाक्रमहरुले पनि संकेत गरेका छन् ।  

उनले कांग्रेस एमालेबीच सहमति भएदेखि नै संविधानको धारा ७६(२) बमोजिम केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीति लिएका छन् । धारा ७६(३) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरुन् भन्ने प्रचण्डको चाहना छ । यसैकारण पनि उनले संसद फेश गर्ने, राजीनामा नदिने घोषणा गरेका हुन् ।

कांग्रेस एमालेबीचको सहमतिको भोलिपल्ट प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए । त्यहाँ उनले राष्ट्रपतिलाई सरकार गठनको प्रक्रिया धारा ७६(३) मा लगिदिन पौडेललाई आग्रह गरेका बुझिएको छ । त्यसमा पौडेलले समेत ग्रिन सिग्नल दिएका छन् ।

राष्ट्रपति पौडेलको टिम पनि देउवालाई प्रधानमन्त्री बनाउने वातावरण निर्माण गर्न लागिपरेको सूचना आएपछि एमाले अध्यक्ष ओलीलाई कांग्रेस सभापति देउवालाई फोन समेत गरेका एक कांग्रेस नेताले दाबी गरे । ती नेताले भने–‘राष्ट्रपति नै आफूलाई रोक्ने खेलमा लागेका सूचना आएको भन्दै हाम्रा सभापतिलाई फोन आएको रहेछ । हाम्रा सभापतिले राष्ट्रपति ज्यूलाई यस्तो खेलोमेलोमा नलाग्न टेलिफोन गरी सचेत गराइसक्नुभएको छ । संसदमा २ ठूला दल मिलेर तथा अन्य साना दललाई समेत सहभागी गराई राष्ट्रिय सहमतिको सरकार बन्ने प्रयास हुँदा कतैबाट असहयोग हुन्छ जस्तो लाग्दैन ।’  

केपी ओलीलाई सकेसम्म प्रधानमन्त्री बन्न नदिने प्रयासमा भारत निकट शक्ति समेत सक्रिय बनेको छ । दक्षिणतर्फको यो शक्तिले समेत प्रचण्डलाई बोकेर हिँडिरहेको कतिपयको बुझाई छ ।  

भारतीय दूत तथा रअका प्रतिनिधिहरुको बाक्लो काठमाण्डौ दिल्ली आवतजावत तथा चलखेलले समेत केही न केही पाकिरहेको प्रतित हुने स्रोतहरु बताउँछन् ।  

‘प्रचण्ड आफैं सहजै गल्ने मान्छे होइन । उनले जाँदा जाँदै पनि केपी ओलीलाई रोक्न खोजेका छन् ।’ स्रोतले भन्यो–‘केपी ओली नै प्रधानमन्त्री बनून् भन्ने चाहन्थे भने अल्पमतमा परिसकेपछि उनले सहजै राजीनामा दिएर मार्गप्रशस्त गरिसक्थे । राजीनामा नदिई संसद फेस गर्छु भन्नु पछाडिको खेल नै ओलीलाई रोक्ने हो।’

के भन्छन् कानूनविद ?

वरिष्ठ अधिवक्ता शम्भु थापा भने जतिसुकै खेल भए पनि संविधानको धारा ७६(३) अनुसार सरकार गठन प्रक्रिया अगाडि नबढ्ने दाबी गर्छन् । यसअघि सर्वोच्च अदालतले गरेका फैसलाका नजिरहरुले पनि प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएको अवस्थामा समेत संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्न बाटो नछेकिने उनको दाबी छ ।  

संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीको विचारमा प्रम प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसके संविधानको धारा ७६(३) अनुसार नै सरकार बन्नेछ । उनअनुसार संविधानको धारा ७६(३) अनुसार सरकार गठन प्रक्रिया अगाडि बढेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नसक्छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.