काठमाण्डौ । के तपाईले परिवर्त्य विदेशी मुद्राको बारेमा सुन्नु भएको छ ? परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? विदेशी विनिमय कारोबारको इजाजतपत्रप्राप्त संस्थाहरुबाट सटही गर्न सकिने दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएका विदेशी मुद्राहरुलाई परिवर्त्य विदेशी मुद्रा भनिन्छ ।
हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्राहरु परिवर्त्य विदेशी मुद्राको रुपमा रहेका छन् । अमेरिकन डलर,अष्ट्रेलियन डलर,सिंगापुर डलर,चाइनिज युआन,डेनिस क्रोनर,बहराइन डिनार,क्यानेडियन डलर,मलेशियन रिङगेट,पाउण्ड स्टर्लिङ,युरो,स्विस फैङ्क,युएई डिराम,कतारी रियाल,स्विडिस क्रोनर,हङकङ डलर,दक्षिण कोरियन वन,साउदी अरब रियाल,थाई भाट,कुवेती डिनार र जापानीज येन २० वटा विदेशी मुद्राहरु परिवर्त्य विदेशी मुद्रा हुन् ।
भारतीय मुद्रासँग भने नेपाली रुपैयाँको स्थिर विनिमयदर कायम गरिएको छ ।