सोमबार, असार २,२०८२ 02:26:49
  • सोमबार, असार २,२०८२ 02:26:49
Global IME Bank Limited

गगनले नमानेपछि अर्थमन्त्रीमा विष्णु पौडेल पक्का, लेखक गृहमन्त्री बन्दै

Hyundai Nepal
गगनले नमानेपछि अर्थमन्त्रीमा विष्णु पौडेल पक्का, लेखक गृहमन्त्री बन्दै
Nabil Bank Limited

काठमाण्डौ । बिहीबार रातभरि गरिएका प्रयासका बाबजुद नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा नजाने अडान लिएका छन् ।  

थापाको यो अडानसँगै कांग्रेसबाट प्रकाशमान सिंहले सरकारमा नेतृत्व गर्ने लगभग निश्चित देखिएको छ ।  

महामन्त्री गगन थापालाई अन्तिम समयसम्म पनि उपप्रधान तथा अर्थमन्त्रीसम्म दिएरै भए पनि सरकारमा सहभागी गराउन केपी ओलीले विशेष प्रयास गरेका थिए । तर, थापा आफैंले सरकारमा सहभागी नहुने तथा महामन्त्रीको रुपमा पार्टीभित्रै धेरै जिम्मेवारी रहेको भन्ने अडान नछाडेपछि सिंहलाई कांग्रेस सभापति शेरबहादुर देउवाले अगाडि सारेका हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेता सिंहले यसअघिको कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई दोश्रो चरणको निर्वाचनमा सहयोग गरेका थिए । यही गुण सम्झिएर देउवाले बिरामी अवस्थामा रहेका सिंहलाई नै उपप्रधानसहितको कुनै एक मन्त्रालय दिएर पठाउन लागेका हुन् ।  

गगनले सरकारमा जाने इच्छा नदेखाएपछि केपी ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीको रुपमा कांगे्रसबाट सिंह र एमालेबाट विष्णु पौडेल जाने लगभग निश्चित देखिएको छ ।  

एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुने समेत लगभग निश्चित देखिएको छ ।  

कांग्रेस सभापति शेरबहादुर देउवाको विशेष रोजाईमा ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको रुपमा रमेश लेखक जाँदैछन् । 

देउवापत्नी आरजू देउवा सम्भवतः परराष्टमन्त्री बन्नेछिन् ।  

उच्च राजनीतिक स्रोतहरुका अनुसार पहिलो चरणमा केपी ओली नेतृत्वमा १५ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी गरिएको छ ।  

कांग्रेस र एमालेबाट पहिलो चरणमा ५ ५ जना र अन्य साना ५ दलबाट ५ गरी १५ सदस्यीय मन्त्रीमण्डल विस्तारको तयारी गरिएको स्रोतको दाबी छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.