सोमबार, असार २,२०८२ 02:28:19
  • सोमबार, असार २,२०८२ 02:28:19
Global IME Bank Limited

देशले आजै नयाँ प्रधानमन्त्री पाउने, शनिवार सपथ गराउने तयारी

Hyundai Nepal
देशले आजै नयाँ प्रधानमन्त्री पाउने, शनिवार सपथ गराउने तयारी
Nabil Bank Limited

काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।  

संसद सचिवालयले प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभामा राखेको विश्वासको मत माग्ने प्रस्ताव दुईतिहाई बहुमतले अस्वीकृत भएको आधिकारिक पत्र राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरिरहेको छ । सो पत्र आए लगत्तै राष्ट्रपति कार्यालयले केही तयारीपछि नयाँ सरकार गठनका लागि आह्वान गर्ने बुझिएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उच्च राजनीतिक स्रोतहरुका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले यही तयारीस्वरुप नयाँ सरकार गठनका लागि संविधानको कुन धारा र उपधारा प्रयोग गरेर आह्वान गर्ने भन्ने विषयमा संविधानविदहरुसँग छलफल गरिरहेका छन् । डा. भीमार्जुन आचार्य, विपिन अधिकारी, शम्भु थापा लगायतका वरिष्ठ संविधानविद र कानूनविदलाई राखेर अहिले पौडेलले छलफल गरिरहेका छन् ।  

उनीहरुसँग छलफल गरी निश्कर्षमा पुगेपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।  

अब बन्ने सरकार संविधानको धारा ७६(२) वा ७६(३) अनुसार बन्छ भन्ने विषयमा संविधानविदहरु नै पनि विभाजित छन् । यसकारण समेत राष्ट्रपतिले कुन धारा र उपधारा अनुसार सरकार गठनका लागि आह्वान गर्छन् भन्ने विषय आम चासोको विषय बनेको छ ।  

कांग्रेस र एमालेका नेताहरु भने संविधानको ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुनेमा ढुक्क छन् । सोहीअनुसार राष्ट्रपतिबाट आह्वान हुने भन्दै दुईतिहाई सांसदको हस्ताक्षरसहितको दाबी आजै प्रस्तुत गर्ने कार्यसूची रहेको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।  

कांग्रेस एमाले गठबन्धनले एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार गठनका लागि दाबी प्रस्तुत गर्नेछन् । दाबीपछि शुक्रबार रातिसम्म नयाँ प्रधानमन्त्रीको नियुक्ति हुने र शनिवार प्रधानमन्त्रीसहितका मन्त्रीहरुको सपथ गराउने तयारी गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.