सोमबार, असार २,२०८२ 02:39:39
  • सोमबार, असार २,२०८२ 02:39:39
Global IME Bank Limited

केपी ओलीबाट प्रधानमन्त्रीमा दाबी पेश, आजै नियुक्त गर्ने तयारी

Hyundai Nepal
केपी ओलीबाट प्रधानमन्त्रीमा दाबी पेश, आजै नियुक्त गर्ने तयारी
Nabil Bank Limited

काठमाण्डौ । पूर्व योजनाअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।  

शितल निवासस्थित विश्वस्त स्रोतका अनुसार एमालेले-कांग्रेसको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ सरकारका लागि दाबी पेश भएसँगै आज नै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहेको छ ।  

आज तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले संसदबाट विश्वासको मत लिने प्रयास गरे पनि असफल भएका थिए । उनको पक्षमा २४.४१ प्रतिशत सांसदले मात्र मत दिएका थिए ।  

संसदबाट विश्वास नपाएपछि स्वतः प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो ।  

नयाँ सरकार गठनका लागि आह्वान गर्नुअघि राष्ट्रपति पौडेलले संविधानविदहरुसँग छलफल गरेका थिए । उनीहरुमध्ये अधिकांशले धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएपछि सोहीअनुसार राष्ट्रपतिबाट आह्वान भएको थियो ।  

आह्वान भएलगत्तै एमाले र कांग्रेसका सबै सांसदको हस्ताक्षरसहित शितल निवास पुगेका ओलीसँगै नेताहरु समेत शितल निवास पुगेका छन् । नयाँ प्रधानमन्त्रीलाई लिन कारगेड पनि पुगिसकेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.