काठमाण्डौ । नेपालका १० उद्योगले भारतबाट चिनी आयातका लागि अनमति पाएका छन् । नेपाल सरकार उद्योग विभागबाट अनुमति प्राप्त १० वटा उद्योगले भारतबाट चिनी आयातको अनुमति पाएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट नेपाललाई चिनी आयातका लागि ताकेको कोटा बमोजिम कच्चा पदार्थका रूपमा प्रगोग गर्न गर्ने गरी चिनि आयातका लागि उद्योगीसँग आवेदन माग गरेको थियो । । जसमध्ये १० उद्योगले अनुमति पाएका छन् ।
चिनी आयातका लागि अनुमति पाउनेमा एग्रो थाई फुड्स प्रालि, ललितपुर, गुडलाइफ बेभरेज प्रालि, सोनापुर सुनसरी, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि दुहबी, सुनसरी, क्वालिटी फुड एन्ड स्न्यांक्स इण्डष्ट्रिज प्रालि दुहवी, सुनसरी, क्वालिटी कन्फेक्सनरी प्रालि दुहवी, सुनसरी, क्वालिटी डाइट एन्ड फुड प्रोइक्टस् प्रालि दुहवी सुनसरी, शिव डेरी एन्ड फुड इण्डट्रिज प्रालि विराटनगर मोरङ्ग, केआरएस भेन्चर्स प्रालि भद्रपुर, झापा र सुजल फुड्स प्रालि पोखरा, कास्की रहेको उद्योग विभागले जनाएको छ ।