शुक्रबार, श्रावण १,२०८३ 06:55:53
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 06:55:53
Bizshala
Global IME Bank Limited

हुन्डाई नेपालद्वारा ‘Hyundai Awesome August’ योजना घोषणा

हुन्डाई नेपालद्वारा ‘Hyundai Awesome August’ योजना घोषणा
New Office

काठमाण्डौ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  "Hyundai Awesome August" योजना सुरु गरेको छ। यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्।

२०८२ साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाण्डौको भृकुटीमण्डपमा आयोजना भइरहेको NAIMA मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ। हुन्डाईको स्टल नम्बर L4 रहेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा रु. ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन्। यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ।

 "Hyundai Awesome August" योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ। विजेता जोडीको  तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ। NAIMA मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्। यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन्। दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ।

 हुन्डाईले आफ्नो Grand i10 NIOS, Venue, Creta Electric, Creta Ice and Ioniq5 जस्ता आधुनिक मोडलहरुसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.