सोमबार, फाल्गुन ४,२०८२ 12:14:55
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:14:55
Bizshala
Global IME Bank Limited

बीमाका बारेमा छ कुनै दुविधा ? थाहा पाइराख्नुस् कुन उमेरमा कस्ता योजना खरिद गर्दा हुन्छ उपयुक्त ?

बीमाका बारेमा छ कुनै दुविधा ? थाहा पाइराख्नुस् कुन उमेरमा कस्ता योजना खरिद गर्दा हुन्छ उपयुक्त ?
Shivam Cement

काठमाण्डौ । आजको बढ्दो जोखिमयुक्त समयमा बीमाको आवश्यकता र महत्व निकै बढेको छ । कोरोना महामारीको समयदेखि बीमाको महत्व झनै बढेको छ । आम रुपमा मानिसहरु एउटा बीमा पोलिसी खरिद गरेर अन्य सबै जिम्मेवारी र दायित्वलाई भुल्ने गर्छन् वा त्यहि पोलिसीको भरोसामा बस्ने गर्छन् । तर बढ्दो उमेर र बदलिदो परिवेशसँगै बीमाका आवश्यकताहरु पनि परिवर्तन भईरहन्छन् । समयको अन्तरालसँगै मानिसहरुको जिम्मेवारीहरु पनि बढ्दै जान्छन् । यस्तो अवस्थामा आफूलाई आवश्यक पर्ने उपयुक्त बीमा पोलिसी खरिद गर्नु जो कसैको पनि आवश्यकता हुन आउँछ ।  

युवा वर्गका लागि यस्ता बीमा लिन आवश्यक

आम रुपमा हेर्दा २० देखि २५ वर्षको उमेरमा अधिकांश युवाहरुले काम गर्न सुरु गर्ने गर्छन । यस्तो उमेरमा युवाहरुले जागिरका साथै बीमा पोलिसी पनि लिन आवश्यक हुन्छ । बीमा विज्ञहरुका अनुसार करियरको सुरुवाति चरणमा वित्तीय बोझहरु कम हुने गर्छन् । तथापी आमा–बुवा तथा घरको जिम्मेवारी भने प्रायःसबै युवाको हुने गर्छ ।  

त्यसैले सबैभन्दा पहिले स्वास्थ्य बीमा लिन एकदमै आवश्यक हुने गर्छ । यस्तै जागिर सुरु गर्ने समयमा अशक्ततासँग जोडिएका बीमा वा व्यक्तिगत दुर्घटना बीमा पनि लिन आवश्यक हुन्छ । आजभोलि अधिकांश युवाहरुले कार वा बाइकको प्रयोग गर्ने गर्छन् । त्यसैले युवाहरुले सवारी साधनको बीमासँगै टर्म बीमा योजनाका बारेमा समेत सोच्नु लाभदायक हुन सक्छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

२५–४० वर्षको उमेरमा कस्तो बीमा खरिद गर्ने ?

युवा वर्गको बारेमा कुरा गर्दा २५–४० वर्षको उमेरमा मानिसहरुको जीवनमा धेरै परिवर्तनहरु आउने गर्छन् । यो उमेरको बीचमा विवाह,छोराछोरी प्राप्ति साथै उनीहरुको जिम्मेवारी हरु समेत काधमा आईसकेको हुन्छ । विज्ञहरुका अनुसार यो उमेरमा बीमा पोलिसी खरिद गर्दा सबैभन्दा धेरै ध्यान पुर्याउनु पर्ने हुन्छ । किनकी यहि उमेरमा बीमाको आवश्यकता पनि सबैभन्दा धेरै हुने गर्छ । यो उमेरमा व्यक्तिले स्वास्थ्य बीमामा आफ्नो परिवारलाई पनि समावेश त गर्नैपर्छ,यसका अतिरिक्त टर्म बीमा योजना पनि लिन आवश्यक पर्छ । यदि कुनै प्रकारको होम लोन लिइएको छ भने पनि सो होम लोनलाई कभर गर्नका लागि कुनै नयाँ बीमा योजना लिनु समेत फाइदाजनक हुन सक्छ ।  

४५ देखि ५५ वर्षको उमेरमा यस्ता आवश्कता देखिन्छन्  

२५ देखि ४० वर्षको उमेरमा मानिसहरुले आम रुपमा सबैभन्दा धेरै अर्च गर्ने गर्छन् । यो उमेरमा मानिसहरुले होम लोनदेखि लिएर कयौं प्रकारका अन्य कर्जा समेत लिएका हुन्छन् । तर ४५ देखि ५५ वर्षको उमेर यस्तो हुन्छ, जुन बेला आमरुपमा यस्ता कर्जाको समयावधि सकिन थाल्छ । तर यो बीचमा अन्य प्रकारका ठूला खर्चहरु भने बढ्ने गर्छ । जसमा सबैभन्दा ठूलो खर्च भनेको सन्तानको उच्च शिक्षामा खर्च गर्नु हो । त्यसैले यो उमेरमा पनि बीमाको आवश्यकता पर्ने गर्छ । यस्तो बेला आयको सुरक्षा,ठूलो कर्जालाई कभर गर्न र भविष्यको लक्ष्यका बीमा योजना लिन आवश्यक हुने गर्छ । यस्तो समयमा टर्म इन्स्योरेन्सलाई जारी राख्न एकदमै आवश्यक हुने गर्छ । यसका अलावा कुनै प्रकारको पेन्सन योजनाका बारेमा पनि सोच्न सकिन्छ । यो उमेरमा राम्रो स्वास्थ्य बीमा योजना हुन पनि एकदमै आवश्यक हुने गर्छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.