सोमबार, असार २,२०८२ 12:35:28
  • सोमबार, असार २,२०८२ 12:35:28
Global IME Bank Limited

महिन्द्राको ५ ढोका भएको थारको लुक्स लिक, के–के छन् नयाँ फिचर्स ?

Hyundai Nepal
महिन्द्राको ५ ढोका भएको थारको लुक्स लिक, के–के छन् नयाँ फिचर्स ?
Nabil Bank Limited

काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले यो वर्षकै बहुप्रतिक्षित का लञ्च गर्न लागेको छ । कम्पनीले यो वर्ष ५ ढोका भएको थार एसयुभी लञ्च गर्न लागेको हो ।  

यतिबेला यो कारको लुक्स लिक भएको छ । यो थार एसयुभीले यहि सेग्मेन्टका अन्य कारहरु जस्तै मारुती सुजुकी जिम्मी र गोर्खा फोर्सलाई टक्कर दिने अनुमान गरिएको छ । यी दुवै प्रतिस्पर्धि कारले अहिले प्यासेन्जर र कार्गोका लागि समेत स्पेस बढाएका छन् ।  

महिन्द्राको वर्तमानको थारको सबैभन्दा ठूलो कजजोरी भनेको यसमा रहेको लगेजका लागि स्पेसको अभाव हो । नयाँ ५ वटा ढोका भएको थारमा भने थप स्थान बढाइने जनाइएको छ । यसका साथै कम्पनीले एसयुभीको नाम समेत मोडिफाई गर्ने तयारी गरेको छ । यो कारको नाम थार अरमाडा हुने सम्भावना अधिक रहेको जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विभिन्न सामाजिक सञ्जालमा लिक भएको फोटोहरुका अनुसार यो नयाँ थार ३ ढोका भएको वर्तमानको थार भन्दा भिन्न देखिएको छ । यसमा सबैभन्दा ठूलो परिवर्तन कारको अघिल्लो भागमा देखिएको छ । कारको अघिल्लो भागमा ग्रिल डिजाइन देखिएको छ । जुन यसअघिको कम्पनीका कुनै पनि कारमा देखिएको थिएन । कारको बम्परमा परिवर्तन गरिएको छ । जुन सानो भार एसयुभीको भन्दा भिन्न देखिन्छ । यस्तै दोस्रो मुख्य परिवर्तन भनेको कारमा राउण्ड हेडलाइट रहेको छ । यसमा पहिलोपटक नयाँ प्रोजेक्टर एलईडी लाइट प्रदान गरिएको छ ।  

कारमा सि–टाइप फ्रेममा डेलाइट रनिङ लाइट(डीआरएल) पनि थप गरिएको छ । कम्पनीले भारतको स्वतन्त्रता दिवसको अवसरमा आगामी अगस्ट १५ मा नयाँ थार एसयुभीलाई अनावरण गर्दैछ । यो कारको सुरुवाति मूल्य १५ लाख र उच्च मूल्य २५ लाख भारुसम्म पर्ने अपेक्षा गरिएको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.