बुधबार, आश्विन १४,२०८३ 02:12:08
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 02:12:08
Bizshala
Global IME Bank Limited

महिन्द्राको ५ ढोका भएको थारको लुक्स लिक, के–के छन् नयाँ फिचर्स ?

Bizshala
महिन्द्राको ५ ढोका भएको थारको लुक्स लिक, के–के छन् नयाँ फिचर्स ?
New Office

काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले यो वर्षकै बहुप्रतिक्षित का लञ्च गर्न लागेको छ । कम्पनीले यो वर्ष ५ ढोका भएको थार एसयुभी लञ्च गर्न लागेको हो ।  

यतिबेला यो कारको लुक्स लिक भएको छ । यो थार एसयुभीले यहि सेग्मेन्टका अन्य कारहरु जस्तै मारुती सुजुकी जिम्मी र गोर्खा फोर्सलाई टक्कर दिने अनुमान गरिएको छ । यी दुवै प्रतिस्पर्धि कारले अहिले प्यासेन्जर र कार्गोका लागि समेत स्पेस बढाएका छन् ।  

महिन्द्राको वर्तमानको थारको सबैभन्दा ठूलो कजजोरी भनेको यसमा रहेको लगेजका लागि स्पेसको अभाव हो । नयाँ ५ वटा ढोका भएको थारमा भने थप स्थान बढाइने जनाइएको छ । यसका साथै कम्पनीले एसयुभीको नाम समेत मोडिफाई गर्ने तयारी गरेको छ । यो कारको नाम थार अरमाडा हुने सम्भावना अधिक रहेको जनाइएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विभिन्न सामाजिक सञ्जालमा लिक भएको फोटोहरुका अनुसार यो नयाँ थार ३ ढोका भएको वर्तमानको थार भन्दा भिन्न देखिएको छ । यसमा सबैभन्दा ठूलो परिवर्तन कारको अघिल्लो भागमा देखिएको छ । कारको अघिल्लो भागमा ग्रिल डिजाइन देखिएको छ । जुन यसअघिको कम्पनीका कुनै पनि कारमा देखिएको थिएन । कारको बम्परमा परिवर्तन गरिएको छ । जुन सानो भार एसयुभीको भन्दा भिन्न देखिन्छ । यस्तै दोस्रो मुख्य परिवर्तन भनेको कारमा राउण्ड हेडलाइट रहेको छ । यसमा पहिलोपटक नयाँ प्रोजेक्टर एलईडी लाइट प्रदान गरिएको छ ।  

कारमा सि–टाइप फ्रेममा डेलाइट रनिङ लाइट(डीआरएल) पनि थप गरिएको छ । कम्पनीले भारतको स्वतन्त्रता दिवसको अवसरमा आगामी अगस्ट १५ मा नयाँ थार एसयुभीलाई अनावरण गर्दैछ । यो कारको सुरुवाति मूल्य १५ लाख र उच्च मूल्य २५ लाख भारुसम्म पर्ने अपेक्षा गरिएको छ ।  -एजेन्सी

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.