काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता आधारभूत तालिम आयोजना गर्ने भएको छ । कम्पनीले केन्द्रीय कार्यालय,प्रदेश कार्यालय,शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको हो ।
कम्पनीले चालु आव २०८१/८२ मा सञ्चालन गर्ने जीवन बीमा अभिकर्ता आधारभूत तालिमको बिस्तृत जानकारी आफ्नो आधिकारीक वेबसाइटमा राखेको जनाएको छ । अभिकर्ता आधारभूत तालिम लिन इच्छुकको न्यूनतम शैक्षिक योग्यता एसएलसी÷एसईई उत्तिण हुनु पर्ने कम्पनीले उल्लेख गरेको छ । तालिम लिन इच्छुकले आफूलाई पायक पर्ने नजिकको केन्द्रीय कार्यालय,प्रदेश कार्यालय,शाखा तथा उपशाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन् ।