आईतवार, फाल्गुन ३,२०८२ 08:08:06
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:08:06
Bizshala
Global IME Bank Limited

भारतमा ईभी गाडीमा थप अनुदानको माग, बजेटअघि नै माग सम्बोधन हुन सक्ने

भारतमा ईभी गाडीमा थप अनुदानको माग, बजेटअघि नै माग सम्बोधन हुन सक्ने
Shivam Cement

काठमाण्डौ । भारतमा ईभी गाडीको बढ्दो मागलाई सम्बोधन गर्न अटो क्षेत्रबाट थप अनुदानको माग गरिएको छ । वर्तमानको फेम–२ सब्सिडीको समयसीमा २०२४ मार्च ३१ सम्म मात्रै थियो । उक्त समयसीमा समाप्त भएसँगै यतिबेला भारतमा ईभी गाडीको खरिदमा ग्राहकहरुले कुनै पनि अनुदान प्राप्त गरिरहेका छैनन् ।  

यस्तोमा भारतीय अटो क्षेत्रका सरोकारवालाहरुले अनुदानको आवश्यकता रहेको माग गरेका छन् । अटो व्यवसायीहरुको मागलाई केन्द्र सरकारले सम्बोधन गर्ने सम्भावना रहेको भारतीय मिडियाले बताएका छन् । भारतका उद्योगमन्त्री एचडी कुमारस्वामीले एक कार्यक्रमको क्रममा भारतीय ईभी क्षेत्रलाई अनुदान दिने संकेत गरेका छन् । उनले सरकारले ईभी गाडीलाइै प्रवद्धन गर्न फेम–३ योजनामाथि काम भईरहको र निकट भविष्यमा यसलाई लागू गर्ने सम्भावना रहेको बताएका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मन्त्री कुमारस्वामीले यो योजना आगामी बजेटमा भने समावेश नगरिने बताएका छन् । फेम–३ योजनामाथि अटो क्षेत्रको मागको बारेमा सोधिएको प्रश्नमा उनले यसमा पहिलेदेखि नै काम भईरहेको समेत बताए । उनले फेम–३ कार्यक्रम लागू गर्नका लागि सबै मन्त्रालयलाई सिफारिश समेत गरिएको जानकारी दिए ।  

हाईब्रिड सवारी साधनको करमा गरिने कटौतीका बारेमा समेत प्रधानमन्त्री मोदीसँग छलफल भईरहेको उनले बताए ।  

उत्तर प्रदेश सरकारले भने ईभी सवारी साधनको अनुदानलाई सन् २०२७ सम्मका लागि बढाएको छ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.